🌼🌻🙏🙏🙏

मेष : लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । साथीभाईसँग भेटघाट र माया प्रेममा आत्मीयता बढ्नेछ। विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् । भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।
बृष : आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नको लागि उचित समय छैन । प्रेममा अविश्वास तथा धोका हुने सम्भावना रहेकोछ । कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला ।
मिथुन : व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ। लामो दुरिको यात्रामा पनि समस्या हुने देखिएको छ । समय प्रतिकुल बन्नेछ भने आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
कर्कट : विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ
सिंह : समय निकै महत्वपूर्ण छ । आफन्त तथा साथीभाईबाट सहयोग प्राप्त हुनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।
कन्या : समय राम्रै छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी मनग्ने आम्दानी गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ।
तुला : समय मध्यम खालको छ । असजिलो परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।
वृश्चिक : साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
धनु : समय सामान्य रहला। विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ।
मकर : स्वास्थ्य भरपर्दोे रहनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने योग रहेको छ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ ।
कुम्भ : समय राम्रा छन् । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।
मीन : समय भरपर्दो रहनेछ । स्वास्थ्यमा सुधार आउन सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ । दाजुभाई तथा साथीहरुसँग राम्रो सम्बन्ध बन्न सक्छ। तपाईको काममा रहेका बाधा तथा अवरोधहरु हट्नेछन् ।
