भारतको गण्डक नहरमा १७ शव फेला

समाचार सारांश
Auto Generated by AI
  • भदौ १० गतेको भोटेकोशी बाढीमा परी बेपत्ता भएका १७ जनाको शव भारतमा फेला परेको छ।
  • तीमध्ये ४ वटा शव नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको छ भने बाँकीको डीएनए परीक्षण गरिनेछ।
  • शव खोजीका लागि भारतीय सीमावर्ती क्षेत्रमा सुरक्षा गस्ती र निगरानी बढाइएको छ।

काठमाडौंनेपालमा यहि भदौ १० गते आएको भोटेकोशी बाढीमा बगेर भारत पुगेका १७ जनाको शव फेला परेको छ।

Workplace

भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो। उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव निकालिएको छ। महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुषगरी चार वटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको हो।

फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको बताएका छन्। सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको हो।बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?