देउवाको गर्धनमा गम्भीर चोट, १२ टाँका

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा गम्भीर चोट लागेर १२ टाँका लगाइएको जनाइएको छ ।

Workplace

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाको स्वास्थ्य अवस्थाबारे नेताहरूलाई जानकारी दिएका थिए। बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत सभापति देउवाको स्वास्थ्यबारे विवरण सार्वजनिक गरेका थिए ।

उनका अनुसार, देउवाको गर्धनमा गम्भीर चोट लागेर १२ टाँका लगाउनुपरेको हो। हाल उनी सैनिक अस्पताल छाउनीमा उपचाररत छन्। विश्वकर्माका भनाइमा, “देउवाको स्वास्थ्य अवस्था सामान्य छ, क्रिटिकल छैन। उपचारमा रहेका छन् र सुधार हुँदै गएको छ।”

आक्रमणको घटनाक्रम गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा जेनजी आन्दोलनकारीहरुले आक्रमण गरेका थिए। उनीहरूले देउवा दम्पत्तिलाई घरबाहिर निकालेर कुटपिट गरेका थिए भने घरसमेत जलाएका थिए। त्यस क्रममा देउवालाई टाउको र गर्दनतर्फ गम्भीर चोट लागेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?