काठमाडौं : काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाइएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो। काठमाडौंको माइतीघर, कालीमाटी, नक्साल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ।
साथै सवारी साधनमा हिँड्नेहरूलाई चेकजाँच गरिरहेको छ। उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ। संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचारहरू बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू खटिएका छन्।
जेनजीको आन्दोलन पोछी सृजना भएको यो अब्स्था र अहिले सम्म अनतिरिम सरकार बन्न नसकनुले यतिबेला अब राजनीति दल हरु पनि आफ्नो धारण राखदै संविधान रक्षका लागि आन्दोलनमा हुमिने बताएका छ्न ।
