काठमाडौं, – जेनजि आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको नाम अघि सारेको छ हिजो देशभरि उग्ररूपमा फैलिएको जेनजि आन्दोलनका क्रममा राजधानीदेखि विभिन्न सहरमा भएको प्रदर्शन, तोडफोड र आगजनीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र आन्दोलनकारीमाथि भएको गोली प्रहारका कारण जनआक्रोश चुलिँदै जाँदा सत्तापक्ष कमजोर बनेको हो । आन्दोलनपश्चात् मुलुकलाई निकास दिन अन्तरिम सरकार गठन गर्ने तयारी तीव्र भएको छ र यसै क्रममा जेनजि आन्दोलनले नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ ।
नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की आफ्नो कार्यकालमै ठूला भ्रष्टाचार प्रकरणमा कठोर निर्णय लिन सक्ने निडर चरित्रकी न्यायाधीशका रूपमा चिनिन्छिन् । उनले न्यायपालिकाको स्वतन्त्रता र पारदर्शिताका पक्षमा दृढता देखाएकी थिइन् ।
जेनजि आन्दोलनले “पुरानो राजनीति” भन्दा बाहिरको, स्वच्छ र जनविश्वास हासिल गर्न सक्ने नेतृत्वको खोजी गरिरहेको बेला कार्कीको नाम अगाडि आउनुले नागरिक आकांक्षासँग मेल खाने सन्देश दिएको छ । अहिले सम्म औपचारिक घोषणा नभए पनि आन्दोलनकारीहरूले अघि सारेको उनको नाम अन्तरिम सरकारको सम्भावित नेतृत्वका रूपमा गम्भीर रूपमा चर्चामा आएको छ ।
एक जेनजी पुस्ताका युवाले जानकारी गराए अनुसार उनको नाम अघि सारिएको जनाइएको छ तर उहाँ सङ्ग बार्ता भने भएको छैन नेपाल खोजखबर कर्मी समेत रहेका शिशिर नेपालले बताएका छ्न र अहिले आफू हरु अन्लाईन मिटिङ्ग गरिरहेको समेत जनाएका छ्न ।
