जाँड–रक्सी र नशाको गलत मोह

राप्ती – समाजमा नशा दुव्र्यसन आज एउटा गम्भीर रोगझैँ फैलिँदै गएको छ। रमाइलो र साथीभाइको बहानामा सुरु हुने यो बानी जीवनको मूल्य र सन्मान दुवै खोस्ने स्थितिमा पुर्‍याउँछ। धेरैले समयमै आत्मस्वीकृति गरेर यसबाट मुक्ति खोज्छन् भने कतिपय अझै पनि यसैलाई जीवनको अनिवार्य हिस्सा ठान्छन्। यसै सन्दर्भमा राप्तीसोनारी–८, बाँकेका राकेश ओलीले  कविता लेखेका छ्न ।

Workplace

                 उनको कविता यस्तो छ 

जाँड पिए रक्सी पिए अनि चुरोट पनी ताने ।
नशाको तालमा तिमीलाई झापड पनी हाने ।

गलत यो नशाको आदत कस्तो अचम्म को,
पिउँने बानी लागेपछि यसैलाई सर्वश्व ठाने ।।

नपिउँने लाई नि पिलाए बोलाई बोलाई मैले,
पिएपछि सोध्दै थियाे घर जाने कि नजाने ?

जाँडरक्सीको नशामा डुबेर गलत गरिएछ नि,
अहिल्यैदेखि यो मेरै गल्ती माने कसम माने ।

पिउँदिन भन्दाभन्दै पनि लत बसिगयो हजुर,
कसम खान्छु यो जहर अब कहिल्यै नखाने ।

राकेश ओली, राप्तीसोनारी–८ बाँके

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?