दिनेश खत्री – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत एक प्रश्न उठाउँदै अहिले चर्चा कमाएका छन्।

झाले आफ्नो फेसबुकमा लेख्दै भनेका छन् – “सबैले फेसबुकमा बुवाको फोटो राखेर ‘मेरो बुवा यस्तो, मेरो बुवा उस्तो’ भनेर गुनगान गाएको देख्छु। अनि आफैमा एउटा प्रश्न उब्जन्छ, सबैका बुवा यस्तो खत्रा ! यो देश चाहिँ कसका बाउले बिगार्यो ?”
उनको उक्त टिप्पणी अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। कतिपयले झाको प्रश्नलाई निकै गम्भीर विषयसँग जोडेर समर्थन गरेका छन् भने कतिपयले व्यंग्यको रूपमा लिएका छन्।
नेताहरूले राष्ट्रको जिम्मेवारी नलिएको, भ्रष्टाचार, असमानता र अन्यायले मुलुक बिग्रिएको भन्दै धेरै प्रयोगकर्ताले आफ्नो प्रतिक्रिया दिएका छन्।
झा भने लामो समयदेखि प्रणालीगत कमजोरी, राजनीतिक नेतृत्व र शासन पद्धतिप्रति कटाक्ष गर्दै आएका छन्।
