भारतको सहयोगमा    पाँचथरमा ७० मिटर लामो मोड्युलर पुल उद्घाटन 

काठमाडौं । पाँचथर जिल्लाको हेवा खोलामाथि ७० मिटर लामो मोड्युलर पुल निर्माण सम्पन्न भई सोमबार नेपालका भौतिक पूर्वाधार तथा यातायातमन्त्री र नेपालस्थित भारतीय राजदूतावासले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यस पुललाई हालसम्म नेपालमै स्थापना गरिएको सबैभन्दा लामो मोड्युलर पुलका रूपमा लिइएको छ ।

Workplace

हेवा खोलामा बनेको पुलले कोशी प्रदेशको उत्तर र दक्षिण भागलाई प्रत्यक्ष रुपमा जोड्ने भएकोले स्थानीय बासिन्दालाई आवागमनमा सहजता दिलाउने र आर्थिक–सामाजिक गतिविधिलाई तीव्रता दिन सहज  हुने बताइएको छ ।

भारतको सरकारी स्वामित्वमा रहेको गार्डेन रीच शिपबिल्डर्स एण्ड इन्जिनियर्स (GRSE) का प्राविधिक टोलीले पुल स्थापना कार्य सम्पन्न गरेका हुन् । सो क्रममा नेपालका ३५ जना प्राविधिक तथा इन्जिनियरहरूले प्रत्यक्ष रुपमा पुल जडानको अनुभव प्राप्त गरेका छन् । अधिकारीहरूले यसलाई नेपालभित्र मोड्युलर पुल जडानसम्बन्धी दक्षता अभिवृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाइएको छ।

भारत सरकारले २०२४ सेप्टेम्बरमा आएको बाढीपछिको पुनर्निर्माण कार्यअन्तर्गत नेपाललाई करिब ४० करोड नेपाली रुपैयाँ लागत बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील पुल अनुदानस्वरूप उपलब्ध गराएको थियो । तीमध्ये हेवा खोलाको पुल सबैभन्दा ठूलो र महत्त्वपूर्ण मानिएको छ ।

उद्घाटन कार्यक्रममा उपस्थित नेपालका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले भारतको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै पुल निर्माणले दुर्गम क्षेत्रमा यातायात सञ्जाललाई थप सहज बनाउने विश्वास व्यक्त गरेका थिए । त्यस्तै, भारतीय राजदूतावासले  पनि भारतको पडोसी पहिलो नीति (Neighborhood First Policy) अन्तर्गत नेपालसँगको मित्रता र आपसी सहयोगलाई निरन्तर अघि बढाइने उल्लेख गरेको थिए ।

यो पुलको निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई दैनिक जीवनयापन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय तथा कृषि उत्पादनको बजारसम्म पहुँचमा सहजता हुने जनाइएको छ । साथै, यसले भारत–नेपालबीचको आपसी सम्बन्ध र पूर्वाधार क्षेत्रको साझेदारीलाई अझ मजबुत बनाउन मद्दत गर्ने   छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?