दैलेखमा तीजको नाच हेरेर फर्किँदै गरेकी बालिकामाथि सामूहिक यौन दुर्व्यवहार

दैलेख – पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ की १३ वर्षीय एक बालिकामाथि गए बिहीबार राति सामूहिक यौनजन्य हिंसा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले पुष्टि गरेको छ।

Workplace

प्रहरीका अनुसार सोही गाउँका करिब २३ र २४ वर्षका दुई युवाले तीजको नाच हेरेर घर फर्किँदै गरेकी बालिकालाई समूहमा लखेटे। लखेट्ने क्रममा ढुंगाले हानेर उनको दाहिने पाखुरामा चोट पुर्‍याएपछि उनी ढलिन्। उनका साथीहरू भने भाग्न सफल भए।

- Advertisement -Workplace

ढलेकी बालिकालाई आरोपितले एकान्तमा लैजाई पालैपालो यौन दुर्व्यवहार गरेको जनाइएको छ। घटनापछि भागेका ती युवाहरूमाथि शुक्रबार पीडित पक्षले जाहेरी दिएपछि प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारको नेतृत्वमा दुवैलाई पक्राउ गरिएको हो।

बालिकाका साथीहरूले तत्काल अभिभावकलाई जानकारी दिएका थिए। अभिभावक र गाउँले घटनास्थल पुगेको खबर पाएपछि आरोपित भागेका र बालिका बेहोश अवस्थामा भेटिएकी थिइन्। उनलाई राति नै उद्धार गरी जिल्ला अस्पताल दैलेखको ओसीएमसीमा उपचारका लागि पुर्‍याइएको थियो।

चोटपटकका साथै गम्भीर मानसिक तथा शारीरिक असर परेकाले बालिकाको नियमित चिकित्सकीय निगरानी भइरहेको अस्पतालले जनाएको छ। यता पीडित पक्षले उपचारकै क्रममा विभिन्न धम्की र त्रास दिइएको आरोप लगाएका छन्।

पीडितलाई आश्रय र कानूनी सहयोग ‘सोसेक नेपाल’ले गरिरहेको छ। न्यायका लागि पीडित परिवारले सम्बन्धित निकायसँग सहयोग मागेका छन्।

स्थानीयका अनुसार तीजजस्ता पर्वका अवसरमा गाउँमा रातिको समयमा हुने नाचगानका बीचमा यस्ता यौनजन्य हिंसाका घटनाहरू दोहोरिने गरेका छन्। कतिपय अवस्थामा पीडितलाई बदनाम हुने डर देखाई घटना लुकाउने प्रवृत्तिले अपराधीको मनोबल बढाउने गरेको सरोकारवालाहरूको भनाइ छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?