पुरुष हिंसा बढ्दै : कपिलवस्तुमा १ वर्षमै २३ उजुरी

काठमाडौ – समाजमा महिला हिंसाका घटना बढी सुनिने गरे पनि पछिल्लो समय पुरुषहरू पनि घरेलु तथा मानसिक हिंसाको शिकार भइरहेका छन्।

Workplace

 

 

कपिलवस्तु जिल्लामा पछिल्लो एक वर्षको अवधिमा २३ जना पुरुषहरूले आफू माथि हिंसा भएको भन्दै प्रहरी मा उजुरी दिएका हुन।

प्रहरीका अनुसार ती उजुरीहरूमा शारीरिक कुटपिट, मानसिक यातना, सामाजिक बहिष्कार, चरित्र हत्या, दाम्पत्य कलह, सम्पत्तिको जबर्जस्ती कब्जा, झूठा आरोप लगायतका विषय उल्लेख गरियको छन्।
अधिकांश उजुरीहरू घरेलु विवादका कारण आएको बताइएको हुन।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिंसा पीडित पुरुषहरूले न्यायका लागि प्रहरी कार्यालयमा आएको दर बढ्दो क्रममा छ। केही उजुरीहरू मेलमिलाप प्रक्रियाबाट समाधान गरिएको भए पनि केही अझै अनुसन्धानकै चरणमा छन्।

प्रहरीले सबै प्रकारका हिंसालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिने जनाएको छ। साथै, पुरुष हिंसाका विषयमा पनि सामाजिक चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ।

सामाजिक व्यवहारमा पुरुषलाई सधैँ शक्तिशाली र हिंसाको कारक ठानिने प्रवृत्तिले गर्दा पीडित पुरुषहरू खुलेर बोल्न सक्दैनन्। तर अब पीडितहरू बोल्न थालेका छन्, जुन सकारात्मक संकेतको रूपमा हेरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?