अर्घाखाँची, असार २५ – लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२, डिभर्नामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। प्रारम्भिक विवरणअनुसार, छोराले मदिरा सेवनपछिको रिसको आवेगमा आफ्नै बाबुको धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरेका हुन्।

स्थानीय स्रोतका अनुसार, हत्या भएपछि शवलाई घर नजिकैको मोलखातोमा गाडिएको अवस्थामा फेला पारिएको हो। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सन्धिखर्कबाट प्रहरी निरीक्षकसहितको टोली तत्काल घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
डिबर्नाको बाँसखर्क बस्ने वर्ष ७२ को जङ्गबहादुर नेपालीको झड्किलो छोरा अन्दाजी ३५- ४० वर्षको झुपे नेपालीले मदिरा सेवन गरी बाबुलाई कुटपिट गरी बाबुको मृत्यु भएको मल्ल्ले बताएका हुन ।
अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्ल सङ्ग नेपाल खोजखबरका संवाददाता अर्जुन थापाले टेलिफोन वार्तामा घटनाबारे प्रारम्भिक जानकारी लिएका थिए ।
मल्लले दिएको जानकारी अनुसार डिबर्नाको बाँसखर्क बस्ने वर्ष ७२ को जङ्गबहादुर नेपालीको झड्किलो छोरा अन्दाजी ३५- ४० वर्षको झुपे नेपालीले मदिरा सेवन गरी बाबुलाई कुटपिट गरी बाबुको मृत्यु भएको मल्ल्ले बताएका हुन ।
, “छोरा मदिरा सेवन गरी नसामा थिए। घरमै झगडा हुँदा रिसको आवेग र नसाको तालमा बाबुलाई धारिलो हतियारले हानेर हत्या गरेको बताएका हुन ।
डीएसपी मल्लका अनुसार, अभियुक्त हाल प्रहरी नियन्त्रणमा छन् र उनी अझै पनि नसामा रहेको देखिएको छ। उनलाई मेडिकल परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिएका छ्न।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको समेत बताएका छ्न।
