धनकुटामा बस दुर्घटना: एकको मृ*त्यु, १४ घाइते

धनकुटा,  – धनकुटा नगरपालिका–६ गोलाइ नजिक आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृ*त्यु भएको छ भने १४ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस बिहान १०:१० बजे ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Workplace

दुर्घटनामा परी भोजपुर घर भई हाल धनकुटा बस्दै आएकी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा बिहान ११:४५ बजे उपचारका क्रममा मृ*त्यु भएको प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।

- Advertisement -Workplace

घटनामा १४ जना घाइते भएका छन्, जसमा सुर्यमणी तामाङ (२० वर्ष) र अनमोल तामाङ षडानन्द नगरपालिका–१३, भोजपुरका, कृष्ण राउत (४८ वर्ष) बराहक्षेत्र नगरपालिका–२, सुनसरीका, रुद्र तामाङ (५१ वर्ष, बस चालक) धरान उपमहानगर–१३, सुनसरीका, गंगा प्रसाद सापकोटा (८० वर्ष) पौवादुम्बा गाउँपालिका–३, भोजपुरका, सविना बराइली (२४ वर्ष) र देवी विक (६० वर्ष) भोजपुर नगरपालिका–११ की, हंश बहादुर राई (६० वर्ष) र दिर्घ माया राई (६० वर्ष) साँगुरीगढी गाउँपालिका–६, धनकुटाका, पुर्ण माया तामाङ (५१ वर्ष) षडानन्द नगरपालिका–११, भोजपुरकी, आयुष राई (१७ वर्ष) इटहरी उपमहानगर–४, सुनसरीका, धन कुमार विक (३४ वर्ष) धनकुटा नगरपालिका–६ का र लिला बहादुर श्रेष्ठ (५८ वर्ष) भोजपुर नगरपालिका–११ का रहेका छन्। घाइतेमध्ये रुद्र तामाङ, गंगा प्रसाद सापकोटा, हंश बहादुर राई र लिला बहादुर श्रेष्ठको अवस्था गम्भीर रहेकाले उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।बताइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?