
- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
- प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ ग्रहण गर्नुभएको छ।
- सिंहदरबारमा नवनियुक्त सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
काठमाडौ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गर्नुभएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ बजेर १५ मिनेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर शाहले पदभार ग्रहण गर्नुभएकाे हाे ।
साथै नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।
प्रधानमन्त्रीकाे पदभार ग्रहणलगत्तै सिंहदरबारमा नवनिर्वाचित सरकारकाे पहिलाे मन्त्रिपरिषद् बैठक शुरू भएकाे छ ।
