नेपालीमूलकी रोजिना प्रधान राई बेलायतको ट्वीकेसबरी बरोमा काउन्सिलर निर्वाचित

लन्डन, बेलायत – बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबरी बरोको इन्सवार्थ वडामा नेपालीमूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएकी राईले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै विजयी बन्न सफल भएकी हुन्।

Workplace

शुक्रबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार राईले कुल ६६६ मत प्राप्त गरिन्, भने उनका निकटतम प्रतिद्वन्द्वी रिफर्म यूके पार्टीका उम्मेदवारले ५९६ मत पाए। करिब ७० मतको अग्रता सहित उनले निर्वाचनमा जित हासिल गर्न सफल भएकी छ्न।

राई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) की उपाध्यक्षसमेत हुन्। समाजसेवा र नेपाली समुदायको हितमा सक्रिय रहँदै आएकी उनी विगतमा एनआरएनए यूकेकी उपाध्यक्षको रूपमा कार्यरत रहँदा उल्लेखनीय कार्यसम्पादनका कारण व्यापक प्रशंसा बटुल्न सफल भएकी थिइन्।

एनआरएनए यूके अध्यक्ष पदका लागि उम्मेदवारी दिँदा सफल हुन नसके पनि उनले संघमा आफ्नो सक्रियता  भने जारी राखेकी छन्। हाल उनी व्यवसाय र समाजसेवा दुबै क्षेत्रमा समान रूपले सक्रिय बडाउदै आएकी  छ्न ।

उनको यो विजयले बेलायतमा नेपाली समुदायको सहभागिता र पहिचान थप बलियो बनाउने  बेलायतवासी नेपाली हरुको भनाइ रहेको छ । ट्वीकेसबरी बरो काउन्सिलमा नेपाली समुदायबाट प्रतिनिधित्व हुनु स्वयं गर्वको विषय भएको भन्दै एनआरएनए तथा विभिन्न सामाजिक संस्थाहरूले उनलाई बधाई दिइ रहेका छ्न।

रोजिनाले निर्वाचनपछि प्रतिक्रिया दिँदै आफूलाई विश्वास गरी साथ दिने सबै मतदाताहरूप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, “म यो जितलाई बिशेश गरि नेपाली समुदायको जितको रूपमा लिन्छु। अब  बेलायत र नेपाली  समुदायको हितका लागि अझै दृढ भएर काम गर्ने बताएकी छिन ।

उम्मेदवारीको नाम र  मत परिणाम 

रोजिना प्रधान राई लिबरल डेमोक्र्याट्स पार्टीबाट उम्मेदवार भइ ६६६ मतसहित विजयी । ग्राहाम जोन बकिङ्ग रिफर्म यूके पार्टीबाट उम्मेदवार भइ ५९६ मत प्राप्त गरे। भेरोनिका डेविज लेबर पार्टीकी उम्मेदवार भइन् र उनले ९३ मत पाइन्। जोनाथन रिचार्ड ब्रिस्टो ग्रीन पार्टीबाट उम्मेदवार भइ ७५ मत प्राप्त गरे।

यसरी कुल ४ जना उम्मेदवारमध्ये रोजिना प्रधान राई सबैभन्दा बढी मत ल्याई काउन्सिलरमा निर्वाचित भएकी हुन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?