१० अर्ब ८६ करोड बराबरको अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ, 

काठमाडौं, वैशाख १६ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अवैध रूपमा विदेशबाट नेपालमा रकम ल्याई कारोबार गर्ने सञ्जालमा संलग्न २१ जना व्यक्तिहरूलाई देशका ११ जिल्लाबाट पक्राउ गरेको छ। अनुसन्धानको क्रममा उनीहरूले झन्डै १० अर्ब ८६ करोड रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको खुलासा भएको छ।

Workplace

प्रहरीका अनुसार गैरकानुनी तरिकाले विदेशबाट विप्रेषण (Remittance) रकम डिजिटल वालेट, इ-मनी, र अन्य माध्यम प्रयोग गरी नेपाल भित्र्याई विभिन्न व्यक्तिहरूका बैंक खातामा राखिएको थियो। ती खातामा रकम राख्ने व्यक्तिहरूलाई ‘मनी म्युल’ (Money Mule) को रूपमा प्रयोग गरिएको पाइएको हो ।

उनीहरूले नियमन निकायबाट अनुमति नलिई अवैध रूपमा रकम भित्र्याई कारोबार गरिरहेका थिए। यसरी संकलन गरिएको रकमलाई आन्तरिक कारोबार, वस्तु तथा सेवा खरिद-बिक्री, वा अर्को देशमा पुन: स्थानान्तरण गर्न प्रयोग गरिने अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।

CIB को अनुसन्धान अनुसार संलग्न केही व्यक्तिहरू र उनीहरूका कम्पनीमार्फत गरिएका कारोबारको विवरण यस्तो छ ।

  1. उपरोक्त पाँच जनामार्फत मात्रै गरिएको अवैध कारोबार रकम: रु. ८,६१,०७,७५४.८६
  2. अन्य थप १६ व्यक्तिसहित समग्र सञ्जालमार्फत कारोबार गरिएको कुल रकम: रु.१०,८६,००,००,००० (१० अर्ब ८६ करोड)

प्रहरीले यस मामलामा संलग्न सबै व्यक्तिहरूलाई विदेशी विनिमयसम्बन्धी ऐन, २०१९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। यसबाहेक अवैध कारोबारको सञ्जाल विस्तारित रहेकाले अनुसन्धान अझै जारी रहेको CIB ले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?