गुल्मी का विद्यालय नियमित सञ्चालन गर्न निर्देशन १४ गते नगरे कर्मचारीहरूले राजीनामा दिनु पर्ने

 

Workplace

गुल्मी, वैशाख १३

कालिगण्डकी गाउँपालिका, गुल्मीले गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

शिक्षक महासंघको आह्वानमा भएको आन्दोलनका कारण विद्यालयको पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले मिति २०८१ साल वैशाख १४ गतेदेखि विद्यालयहरू अनिवार्य रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेको छ।

गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई समयमै उपस्थित भई पठनपाठन सुचारु गर्न अनुरोध गरिएको हो ।

साथै, आन्दोलनका कारण अनुपस्थित भई विद्यालय सञ्चालनमा बाधा पुर्‍याउने शिक्षक तथा कर्मचारीहरूले राजीनामा दिनु पर्ने वा अन्य वैकल्पिक व्यवस्था गर्ने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?