सुदूरपश्चिम कर्णाली लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ आज को मौसम

काठमाडौ –  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।

Workplace

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दाङमा ५६ मिलिमिटर तथा अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको हो  ।

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्न थालेको छ ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहने छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?