छोराको न्याय खोज्दै प्रहरी कार्यालय धाइरहेकी मुगुकी एकल आमा:’न्याय नपाएसम्म गाउँ फर्किन्न

समाचार सारांश
Auto Generated by AI
  • मुगुमा जडीबुटी सङ्कलनका क्रममा विवाद हुँदा छोरा गुमाएकी एकल आमा सिदुरा रोकाया न्यायको माग गर्दै प्रहरी कार्यालय धाउनुभएको छ ।
  • चाडपर्वको बिदाका कारण सरकारी वकिल उपस्थित हुन नसक्दा घटनाको अनुसन्धान प्रक्रियामा ढिलाइ भएको प्रहरीले जनाएको छ ।
  • घटनामा संलग्न दोषीलाई कारबाही र आफूले न्याय नपाएसम्म गाउँ नफर्किने अडान पीडित आमाले लिनुभएको छ ।

रतन बहादुर रावल-मुगु जडीबुटी सङ्कलनका क्रममा भएको विवादमा छोराको मृत्यु भएपछि न्यायको माग गर्दै मुगुकी एक एकल आमा जिल्ला प्रहरी कार्यालय धाइरहनुभएको छ ।

Workplace

मुगुमकार्मारोङ गाउँपालिका–९, पापुगाउँकी सिदुरा रोकायाले मृतक छोरा २७ वर्षीय अस्वबहादुर अन्खबहादुर) रोकायाको मृत्युको घटनामा न्याय नपाएसम्म गाउँ नफर्किने अडान लिनुभएको हो ।

- Advertisement -Workplace

गत असोज ११ गते मुगुमकार्मारोङ गाउँपालिका र हुम्लाको चखेली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने वनमा जडीबुटी सङ्कलनका क्रममा दुई पक्षबिच विवाद हुँदा तीन जनाको मृत्यु भएको थियो ।

सोही घटनामा छोरा गुमाउनुभएकी सिदुराले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।
एकल आमाका लागि छोराको मृत्यु सन्तान गुमाउनु मात्र नभई बुढेसकालको सहारा र जीवनको आधारसमेत गुमाउनुभएको उहाँको गुनासो छ ।

परिवारको सहारा गुमाउनु परेको पीडामाथि न्यायका लागि पटक–पटक जिल्ला प्रहरी कार्यालय मुगु पुग्दा पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । “घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ, छोराको मृत्युको घटनामा न्याय नपाएसम्म म गाउँ फर्किन्न,” सिदुराले भन्नुभयो ।

चाडपर्वको बिदाले कानुनी प्रक्रियामा ढिलाइ : प्रहरी
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) विराज थपलियाका अनुसार उक्त घटनासम्बन्धी जाहेरी असोज १३ गते नै दर्ता भइसकेको छ ।

दसैं र तिहारको बिदाका कारण सरकारी वकिल उपस्थित हुन नसक्दा मुद्दाको थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको डिएसपी थपलियाले जानकारी दिनुभयो । सरकारी वकिल एक–दुई दिनभित्र आइपुग्ने र त्यसपछि कानुनी प्रक्रिया तत्काल अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो ।

प्रहरीका अनुसार मुगुमकार्मारोङ–९, पापु र छाँयलाका १३ जना स्थानीय गत असोज १० गते कुट्की जडीबुटी सङ्कलनका लागि सीमाक्षेत्रको वनमा गएका थिए । भोलिपल्ट असोज ११ गते जडीबुटी सङ्कलनका क्रममा दुई पक्षबिच विवाद भएपछि गाउँ फर्किने क्रममा पापुगाउँका २० वर्षीय गणेश बुढा, २७ वर्षीय अस्वबहादुर रोकाया र २६ वर्षीय ललितजङ्ग बडुवालको मृत्यु भएको थियो ।

स्थानीयवासीको पनि चासो
न्यायको माग गर्दै प्रहरी कार्यालय धाइरहनुभएकी एकल आमाको अवस्थाप्रति स्थानीयवासीले समेत गम्भीर चासो व्यक्त गरेका छन् ।

मुगुमकार्मारोङ गाउँपालिका–९ का स्थानीय रत्नलाल बुढाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई तत्काल न्याय दिलाउन सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने माग गर्नुभएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?