विराटनगरकाे तेस्राे जीत, पाेखरा प्लेअफ हाेडबाट बाहिरियाे

समाचार सारांश
Auto Generated by AI
  • सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।
  • यो जितसँगै विराटनगर प्लेअफको दौडमा कायमै रहेको छ भने पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
  • विराटनगरले १३३ रनको लक्ष्य १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रन बनाए।

काठमाडौ -कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।

Workplace

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

- Advertisement -Workplace

यो जितसँगै ६ खेलबाट ३ जित निकालेको विराटनगरले ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । उसले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ ।

अर्कोतर्फ, ६ खेलमा पाँचौँ हार बेहोरेको पोखरा २ अंकसहित अंकतालिकाको पुछारमा छ । यो हारसँगै पोखरा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र २ छक्काको मद्दतमा ३३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो ।

पोखराका ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । धनञ्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

७६ रनमा ५ विकेट गुमाएको अवस्थामा युवराज र धनञ्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हालेका थिए । धनञ्जयले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्नीले ११ बलमा १ छक्कासहित १२ रन बनाए ।

अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र विपिन खत्री ५ रनमा आउट भए । कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्न र किरण ठगुन्नाले खाता खोल्न सकेनन् । सागर ढकाल १ रनमा अविजित रहे ।

पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा उनले विकेट लिएका हुन् ।

यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।

सन्दीपले यसअघिका पाँच खेलमा एक विकेट मात्रै लिएका थिए । तर, पोखराविरुद्ध एकै खेलमा ६ विकेट लिँदै उत्कृष्ट पुनरागमन गरेका छन् ।

उनी एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।

विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि एक–एक विकेट लिए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?