दिल्लीमा छैटौँ दयाल स्पोर्ट्स कप तथा खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • नयाँ दिल्लीमा छैटौँ दयाल स्पोर्ट्स कप खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
  • प्रतियोगितामा विभिन्न भारतीय राज्यका १८ वटा एकेडेमीबाट २१८ जना खेलाडीले सहभागिता जनाएका थिए।
  • एसएमपीएस टोली प्रथम हुँदै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पदक तथा ट्रफी प्रदान गरिएको थियो।

अर्जुन थापा नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित अलंकार सामुदायिक भवनमा १ नोभेम्बर २०२६ का दिन छैटौँ दयाल स्पोर्ट्स कपअन्तर्गत खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अल इन्डिया तेक्वान्दो डोजाङ र दयाल स्पोर्ट्सको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा भारतका विभिन्न राज्यका १८ वटा एकेडेमीका २१८ जना खेलाडीले सहभागिता जनाएका थिए।

Workplace

- Advertisement -Workplace

डोजाङ अध्यक्ष राजेन्द्र थापाको अध्यक्षता तथा उपाध्यक्ष अर्जुन दयालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावासका सांस्कृतिक काउन्सिलर श्री छविलाल सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा दिल्ली एनसीआरमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, विशिष्ट व्यक्तित्व, खेलप्रेमी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगितामा दिल्ली, उत्तर प्रदेश, हरियाणा, मध्य प्रदेश, गुजरात, पञ्जाब, उत्तराखण्ड तथा राजस्थानलगायत विभिन्न राज्यका १८ वटा तेक्वान्दो एकेडेमीका खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा क्योरुगी (फाइट) तथा पुम्से (कौशल प्रदर्शन) दुवै विधामा विभिन्न तौल समूहअन्तर्गत खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य राख्दै भारतमा रहेर नेपाली प्रशिक्षकहरूले खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले खेलकुदमार्फत नेपाली खेलाडी तथा प्रशिक्षकहरूले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै सहभागी बालबालिका तथा युवा खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।
प्रतियोगिताको नतिजाअनुसार प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीहरू यसप्रकार रहेका छन्।

प्रथम स्थान: एसएमपीएस टोली — २० स्वर्ण, १७ रजत र १३ कांस्य पदक। द्वितीय स्थान: एनबीटीए टोली — १६ स्वर्ण, ६ रजत र ७ कांस्य पदक। तृतीय स्थान: एमटीए टोली — ११ स्वर्ण, ५ रजत र ४ कांस्य पदक। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका खेलाडी तथा टोलीहरूलाई प्रमुख अतिथि छविलाल सुवेदीलगायत अतिथिहरूले पदक तथा ट्रफी प्रदान गरेका थिए।

कार्यक्रममा आयोजकका तर्फबाट प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णायक, प्राविधिक टोली, स्वयंसेवक, प्रशिक्षक, अभिभावक तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरिएको थियो। साथै, कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
समापनका क्रममा अध्यक्ष राजेन्द्र थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

यसैबीच, दयाल स्पोर्ट्सका उपाध्यक्ष अर्जुन दयालले नेपाल खोज खबरसँग कुरा गर्दै यस्ता खेलकुद प्रतियोगिताले खेलाडीहरूको प्रतिभा पहिचान, क्षमता विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यलाई मजबुत बनाउनुका साथै अनुशासन, आत्मविश्वास, एकता र आपसी सद्भावको विकास गर्ने उल्लेख गरे। यस्ता प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद सम्बन्धलाई थप सुमधुर बनाउन, दुवै देशका खेलाडीबीच अनुभव आदानप्रदान गर्न तथा आपसी मित्रता र सहकार्य विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

विशेषगरी बालबालिका तथा युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्दै स्वस्थ, अनुशासित र सक्षम नागरिक निर्माण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै उनले आगामी दिनमा पनि खेलकुदका यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगिताले प्रवासमा रहेका नेपाली प्रशिक्षक तथा खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै भारतका विभिन्न राज्यका खेलाडीबीच प्रतिस्पर्धा, सहकार्य र आपसी सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?