युवा र खेलकुदलाई प्राथमिकता: मुगुमा आजदेखि ‘दोस्रो मेयर कप फुटबल प्रतियोगिता’ सुरु, ४२ टिम भिड्दै

समाचार सारांश
Auto Generated by AI
  • मुगुको गमगढीमा युवा क्षमता र एकताको नारासहित दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ।
  • प्रतियोगितामा १४ वटा वडाका ४२ टिम सहभागी छन् भने विजेताले तीन लाख ३३ हजार बढी पुरस्कार पाउनेछन्।
  • कार्तिक २९ गतेसम्म चल्ने यो प्रतियोगिताले खेलकुदको माध्यमबाट दुर्गम क्षेत्रलाई विश्वसामु चिनाउने लक्ष्य राखेको छ।

रतन बहादुर रावल मुगु-मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित महाकाली नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा आज (कार्तिक १८ गते) देखि ‘दोस्रो मेयर कप फुटबल प्रतियोगिता-२०८३’ भव्यताका साथ उद्घाटन गरएको छ।

Workplace

छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा “युवामा क्षमता, खेलकुदमा एकता” भन्ने मूल नाराका साथ नेपालीहरूको महान् चाड शुभ दीपावलीको पावन अवसर पारेर यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

- Advertisement -Workplace

कार्यक्रममा प्रमुख अतिथि छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम मुगु जिल्लाका सांसद माननीय खडक बहादुर शाही लगायत जिल्लाका अन्य सरकारवाला निकायको बाक्लो उपस्थित रहेको थियो।

प्रतियोगितामा नगर क्षेत्रका १ देखि १४ वडाका युवा खेलाडीहरू समेटिएका छन कुल ४२ टिमहरूको सहभागिता रहेको आयोजक समितिका सदस्य पशुपति शाहीले जानकारी दिनुभयो।

सबै खेलहरू अत्यन्त अनुशासित र खेल नियम अनुसार खेलाइने तयारी आयोजक समितिले गरेको छ।

प्रतियोगितामा विजेता हुने टोलीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ:
प्रथम पुरस्कार तीन लाख ३३ हजार ३ सय ३३ रुपैयाँ), मेडल र ट्रफी

दोस्रो पुरस्कार रु दुई लाख २२ हजार २ सय २२ रुपैयाँ), मेडल र ट्रफी

तेस्रो पुरस्कार रु एक लाख ११ हजार १ सय ११ रुपैयाँ), मेडल र ट्रफी

दुर्गम भए पनि खेलकुदलाई विश्वसामु चिनाउने प्रतिबद्धता
हरेक वर्ष कला र क्षमतावान् युवाहरूको प्रतिभा उजागर गर्न खेलकुदलाई प्राथमिकता दिँदै आएको छायाँनाथ रारा नगरपालिकाले सुखी, समृद्ध र सुशासनयुक्त समाज निर्माणका लागि युवा लक्षित कार्यक्रमहरू गर्दै आएको छ।

नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले भन्नुभयो, “हामी भौगोलिक रूपमा विकट र दुर्गम ठाउँमा जन्मिएता पनि खेलकुदको माध्यमबाट आफ्नो क्षेत्रलाई विश्वसामु चिनाउन हाम्रो प्रतिबद्धता सदैव रहनेछ।” नगरपालिकाले यसअघि पनि ‘मेयर डान्स आइडल’ जस्ता युवामुखी कार्यक्रमहरू निरन्तर रूपमा गर्दै आएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यमा अग्रसर भइरहने उहाँले बताउनुभयो। यो खेल १८ गतेबाट सुरु भएर कार्तिकको २९ गतेसम्म चल्ने भएको छ।

आयोजक समितिले सम्पूर्ण फुटबल खेलाडी, प्रशिक्षक, व्यवस्थापक, आमन्त्रित अतिथि तथा खेलप्रेमी दर्शक महानुभावहरूलाई खेल मैदानमा उपस्थित भई प्रतियोगितालाई थप भव्य र सफल बनाइदिनका लागि हार्दिक स्वागत एवं निमन्त्रणा गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?