icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

भारतीय उपराष्ट्रपति जगदीप धनखडले राजीनामा दिए, स्वास्थ्य कारणलाई दिए मुख्य कारण

नयाँ दिल्ली, भारतका उपराष्ट्रपति जगदीप धनखडले आफ्नो पदबाट अचानक राजीनामा दिएका छन्। स्वास्थ्यमा आएको समस्या र चिकित्सकको सल्लाहलाई मुख्य कारण देखाउँदै उनले सोमबार  राष्ट्रपतिको कार्यालयमा औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, “स्वास्थ्य अब पहिलो प्राथमिकता भएकोले म उपराष्ट्रपति पदबाट अलग हुने निर्णय लिएको छु।”

Workplace

७३ वर्षीय धनखड सन् २०२२ मा भारतका १४औं उपराष्ट्रपति बनेका थिए। त्यसअघि उनी पश्चिम बंगालका राज्यपाल, वरिष्ठ अधिवक्ता तथा केन्द्रीय मन्त्रीको भूमिकामा रहे। उपराष्ट्रपति पदमा निर्वाचित भएपछि उनले राज्यसभाका सभामुखको हैसियतले संसदमा शिष्टाचार, विधि र गरिमाको पालनामा जोड दिएका थिए।

धनखडको राजीनामा संसदको मोनसुन सत्रको पहिलो दिन आएको हो। यस दिन संसदमा विभिन्न विषयमा बहस भइरहेको अवस्थामा आएको राजीनामाले राजनीतिक बिषयम  ठूलो चर्चा उत्पन्न गराएको छ। उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरिसकेकी छिन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उनलाई धन्यवाद दिँदै स्वास्थ्य लाभको कामना समेत  गरेका छन्।

राजीनामा पत्रमा धनखडले सरकार, विपक्ष, संसदका सबै सदस्य, प्रधानमन्त्री र राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गर्दै आफूले आफ्नो जिम्मेवारी निष्ठाका साथ पूरा गरेको उल्लेख गरेका छन्। नेपाल खोजखबर लाई प्राप्त जानकारी अनुसार  पछिल्लो केही महिनायता उनी उच्च रक्तचाप, मधुमेह, र थकानबाट पीडित रहेको बताइएको छ। चिकित्सकहरूले उनलाई पूर्ण विश्रामको सल्लाह दिएका थिए।

अब भारतमा उपराष्ट्रपति पद खाली भएको छ। भारतीय संविधान अनुसार, उपराष्ट्रपतिको निर्वाचन संसदका दुबै सदन — लोकसभा र राज्यसभा — का सदस्यहरूबाट हुने गर्दछ। निर्वाचनमा सिंगल ट्रान्सफरेबल भोट प्रणाली अपनाइन्छ, जसमा सदस्यहरूले प्राथमिकता आधारित मतदान गर्ने व्यवस्था हुन्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?