माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविही ११ जनाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोसीमा आएको बाढीले बेपत्ता भएका ११ जनाको शव फेला परेको छ।
  • आयोजनाको अडिट–३ टनेलको जाली र हिलोमा फसेको अवस्थामा शव निकालिएको हो।
  • हराइरहेका अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।

काठमाडौं।माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।

Workplace

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।

थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?