अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका चार जना भारती लागूऔषध गाँ`जा जस्तो देखिने वस्तुसहित प`क्रा´उ

काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका चार जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित पक्राउ गरेको हो ।

Workplace

कार्यालयका अनुसार शुक्रबार बिहान करिब ६ः३० बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका २४ वर्षीय भारतीय नागरिक मोहम्मद जुनैदलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको छ।

- Advertisement -Workplace

जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ८७० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको हो ।

त्यसैगरी, करिब ८ः५८ बजे एयर अरेबियाको उडानबाट सारजहाबाट काठमाडौं आएकी ४४ वर्षीया अफसाना अमिर हुसेन शेखको साथबाट प्लास्टिकसहित करिब ७ केजी ४०० ग्राम र ४३ वर्षीया समीना अख्तर बेग मिर्जाको संलग्नता पुष्टि भएको सुरक्षा कार्यालयले जनाएको थियो ।

दुवैलाई आगमन भन्सार क्षेत्रपछिको टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो। यस्तै, दिउँसो करिब १ः१५ बजे मलेसियन एयरको उडानमार्फत थाइल्याण्ड हुँदै मलेसियाबाट काठमाडौं आएका २९ वर्षीय शाहजेब अहमदलाई पनि शंकास्पद गतिविधिका आधारमा पक्राउ गरिएको छ।

उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ३०० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा जस्तो देखिने वस्तुको तौल करिब १४ केजी ५७० ग्राम रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?