अव्यवस्थित र प्रयोगमा नरहेका तार हटाइने

समाचार सारांश
Auto Generated by AI
  • तानसेन नगरपालिकाले बजार क्षेत्रका प्रयोगविहीन विद्युतका पोल तथा अव्यवस्थित तार हटाउने अभियान सुरु गरेको छ।
  • सम्बन्धित निकाय र व्यवसायीहरूले १५ दिनभित्र आ-आफ्नो तार तथा पोल व्यवस्थित गरिसक्नुपर्ने निर्णय गरिएको छ।
  • तोकिएको समयभित्र काम नभएमा कानुनबमोजिम कारबाही हुने र बजारलाई सुन्दर तथा सुरक्षित बनाइने छ।

पाल्पा।तानसेन नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित र सौन्दर्ययुक्त बनाउने अभियानअन्तर्गत प्रयोगविहीन तथा अव्यवस्थित विद्युत पोल, तार र सञ्चारका केबल हटाउने भएको छ । नगरपालिकाले नेपाल टेलिकम पाल्पा, नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्र, केबल नेटवर्क व्यवसायी, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, नेपाल पत्रकार महासंघ पाल्पा लगायत सरोकारवाला निकाय तथा प्रतिनिधिहरूसँग छलफल गरी बजार क्षेत्रमा रहेका प्रयोगविहीन विद्युत पोल तथा तार र सञ्चार क्षेत्रका तार तथा केबल तत्कालीन र आवधिक रूपमा हटाउने निर्णय गरेको हो ।

Workplace

नगरपालिकाका अनुसार बजार क्षेत्रको सौन्दर्य तथा व्यवस्थापनमा असर पार्ने गरी प्रयोगमा नरहेका विद्युत पोल, विद्युत तार, सञ्चारका तार तथा केबल अव्यवस्थित रूपमा रहेका छन्। आगामी जात्रा, महोत्सव तथा अन्य कार्यक्रमलाई समेत ध्यानमा राखी बजार क्षेत्रलाई थप व्यवस्थित बनाउन यस्तो अभियान सञ्चालन गर्न लागिएको हो ।

नगरपालिकामा भएको सरोकारवालासँगको बैठकले प्रयोगमा रहेका तर अव्यवस्थित तारलाई सम्बन्धित निकाय तथा व्यवसायीले यथाशीघ्र व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ। यसका लागि सम्बन्धित सबै पक्षले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीद्वारा जारी सूचनामा सम्बन्धित निकाय तथा व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो कार्यालय तथा व्यवसायसँग सम्बन्धित उल्लेखित कार्य सम्पन्न गर्न अनुरोध गरिएको छ।

नगरपालिकाले तोकिएको समयभित्र काम नगरेमा प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत जनाएको छ। तानसेनको बजार क्षेत्रलाई सफा, सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले विद्युत तथा सञ्चारका तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाउन लागिएको नगरपालिकाको भनाइ छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?