आज मिति २०८१ चैत १ गते शुक्रबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। बोल्दा एक पटक सोच्नुपर्ने हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको सहयोगमा सोचेको काम बन्नेछ। ।

वृष : धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। उनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने समय आएको छ। व्यापारमा साथीसँग सहकार्यको हात अगाडि बढाउनुपर्नेछ। शिक्षामा गहिरो अध्ययनको आवश्यकता देखिन्छ। ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। परिवारको साथमा घुमघामको रमाइलो अवसर मिल्नेछ। मनको कुरा खुलेर आफन्तसँग साटेमा मन शान्त हुनेछ। ।

कर्कट : सोचेको काम बन्नेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। विपक्षी समूह कठोर भएकाले राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने समय आएको छ।

सिंह : सञ्चित धन खर्च हुनेछ। साथीभाइ दाहिना भएकाले सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ। स्वास्थ्यमा सुधार भएकाले काम सहजै बन्नेछन्। परिवारको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। यस्तो कामले मनमा उत्साह बढ्नेछ।

तुला : शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्तले भन्दा अरुले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

वृश्चिक : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। परिवारको साथमा समय बिदाउँदा मन शान्त बन्नेछ।

धनु : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। उत्तरको लामो यात्रामा नजानु उचित हुन्छ। बौद्धिक व्यक्ति तपाईंको पछाडि लागेकाले सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साथीभाइले संकटमा साथ दिनेछन्। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। परिवारको साथमा अगाडि बढ्नु उचित हुन्छ। ।

कुम्भ : सोचेका काममा अवरोध हुनेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मीन : तपाईंको कला र गलाको प्रदर्शनले फाइदा हुनेछ। सहकार्य गरेका संस्थाबाट मान र सम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। गणेशको पूजा गर्नु फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?