नागरिक उन्मुक्ति पार्टी औपचारिक रूपमा विभाजित, रञ्जिता हटाइएपछि अध्यक्षमा लालवीर चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजनमा पुगेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध लामो समयदेखि असन्तुष्ट रहेको पक्षले राष्ट्रिय भेला गरी श्रेष्ठलाई हटाउँदै नयाँ नेतृत्व चयन गरेको हो।

Workplace

राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउँदै पार्टी संरक्षक एवं पूर्वसांसद रेशम चौधरीका पिता लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेको छ। पार्टीको यो निर्णयसँगै नाउपा नेतृत्व तहमै दुई धार देखिएको छ।

नयाँ अध्यक्ष लालवीर चौधरीले डेढ वर्षदेखि पार्टीको कुनै बैठक नराखिएको, महत्त्वपूर्ण निर्णयहरू व्यक्तिवादी ढंगले गरिएको, पार्टीभित्र छलफलको संस्कार हराउँदै गएको लगायतका कारणले यो स्थिति आएको दाबी गरेका छ्न ।

“पार्टी विधि र पद्धतीअनुसार चल्नुपर्छ। हामीले कुनै पूर्वाग्रह वा द्वेषका कारण यो निर्णय गरेका होइनौं,” उनले स्पष्ट पारे, “पार्टीलाई निकास दिनकै लागि हामीले नयाँ नेतृत्वको आवश्यकता देख्यौं।” र गर्यो उनले भने ।

चौधरीका अनुसार रञ्जिता श्रेष्ठलाई आउनुहोस्, छलफल गरौं भनेर पटक–पटक आग्रह गरिए पनि उनी बेपत्ता जस्तै भएकी थिइन्। “उहाँलाई टाढा राखिएको होइन, आफ्नै व्यवहारले टाढा हुनुभयो,” उनले आरोप लगाएका छ्न ।

यो निर्णयसँगै नागरिक उन्मुक्ति पार्टी अब दुई धारमा विभाजित भएको स्पष्ट देखिएको छ। एकातिर रञ्जिता श्रेष्ठको नेतृत्वलाई मान्यता दिने पक्ष छ भने अर्कोतिर लालवीर चौधरीको नेतृत्व स्वीकार गर्ने पक्ष। राजनीति नेता राजनीति  विश्लेषकहरूका अनुसार पार्टीभित्रको यो विवादको मूल जड नेतृत्वमा एकल निर्णय, परिवारिक प्रभाव, आन्तरिक लोकतन्त्रको अभाव र संवादहीनतामा आधारित रहेको बताउछन् ।

नयाँ नेतृत्वमा चयन भएका लालवीर चौधरीले अब पार्टीको सांगठनिक संरचना पुनर्गठन, निर्वाचन आयोगमा आधिकारिकता दर्ता, कार्यकर्ता परिचालन, र पुरानो नेतृत्व पक्षसँगको सम्भावित कानुनी तथा राजनीतिक संघर्षको सामना गर्नुपर्नेछ। जसले गर्दा नागरिक उन्मुक्ति पार्टीको भविष्य कता मोडिन्छ भन्ने टुंगो तत्काल लाग्न नसक्ने देखिन्छ। यद्यपि, पार्टीभित्रको यो टकराव अब सार्वजनिक रूपमा खरो रूपमा उत्रिएको छ। अब हेरौ पार्टीको भविष्य के हुन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?