
- उदयपुरको गाईघाटमा थेरापी मेसिनबाट करेन्ट लागेर ७४ वर्षीया रामकुमारी राईको मृत्यु भएको छ।
- घटनापछि शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
- प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं।उदयपुरको गाईघाटस्थित जनप्रेमी टोलमा थेरापी मेसिनबाट करेन्ट लागेर ७४ वर्षीया रामकुमारी राईको मृत्यु भएको छ।

घरमै ल्याइएको थेरापी मेसिनबाट उपचार गराउने क्रममा करेन्ट लागेर राईको मृत्यु भएको जनाइएको छ।घटनापछि राईको शव पोस्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ। प्रहरीका अनुसार उदयपुरमा थेरापी मेसिनबाट करेन्ट लागेर मृत्यु भएको यो पहिलो घटना हो।
