आज मिति २०८२ पुस १४ गते सोमबार आजको राशीफल

🌻🌼🙏🙏

Workplace

मेष रासी : तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ । निजी काममा भन्दा राजनीतिमा मन जानेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृष : सञ्चित धन खर्च हुनेछ । परिवारले अप्ठेरो परिस्थितमा साथ दिनेछन् । संकटमा बन्धुको साथ मिल्नेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ ।

मिथुन : आफ्ना कारणले आफूलाई घाटा नहुने दिन छ । शुभ कार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ ।

कर्कट : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा शान्ति प्राप्त हुनेछ । स्वास्थ्यले राम्रो दिनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने छ ।

सिंह : परिवारले निगरानी गरेको देखिन्छ । साथी र संगठनले साथ दिनेछन् । व्यापारमा अघि बढ्ने हिम्मत गर्नु पर्नेछ । परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ ।

कन्या : तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ । इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ । अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर बन्ने जोखिम छ ।

तुला : बोलीको प्रभावले राम्रो काम बन्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारभित्र दाजुभाइसँग मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : आज तपाईंले थोरै बोलेर प्रगति हुने योग छ । लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ । परिवार भित्रको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

धनु : साथीमार्फत आफ्नो काम गर्नु राम्रो हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ । आफ्ना बन्धु र दिदी बहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । बढी विश्वास गर्नाले घात हुने जोखिम छ ।

कुम्भ : परिवारमा झन्झट आइपर्ने छ । आफ्नै राशिमा शनि देव पुगेका छन् । मनमा खटपटी हुनसक्ने जोखिम छ । व्यापारमा फाइदा हुने योग छ । परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ । प्रेममा खटपटी हुने जोखिम छ ।

मीन : सामान्य कुरामा विवाद बढ्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ । परिवारको व्यवस्थापनमा अग्रसर हुनु पर्नेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?