icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

नेताहरू बंकरमा लुक्ने कि जनता सडकमै निर्णायक हुने

दिनेश खत्री –  देश फेरि निर्णायक मोडमा छ। राजनीति फेरि एकपटक उथलपुथलतिर धकेलिएको छ। नेताहरूले आफूलाई जोगाउन बंकर खोजिरहेका छन्, भाग्ने बाटो थानकोट डाँडा हुँदै खुला राखिरहेका छन्। तर प्रश्न यहीँ खडा हुन्छ—नेताहरू कति समयसम्म भागेर जोगिन्छन्?
दशकौँदेखि जनता धोका खाइरहेका छन्।

Workplace

 

चुनावताका मिठा भाषण, विकासका सुनौला सपना, समृद्धिको खोक्रो आश्वासन—यति नै सम्पत्ति हो नेताहरूले जनतालाई दिएको। यतिबेला जनता भोकै छन्, रोगले छट्पटाइरहेका छन्, युवाहरू विदेश पलायन भइरहेका छन्। तर नेताहरू सत्ता र कुर्सीको खेलमा व्यस्त छन्।


अब जनता सहने अवस्थामा छैनन्।
सडकमा उत्रिएको जनताको भीडलाई न प्रहरी रोक्न सक्छ, न सेना, न ठूला पर्खाल। बंकरमा पस्दा नेताहरूको शारीरिक अस्तित्व त बच्ला होला, तर जनताको आक्रोश र इतिहासको धिक्कारबाट जोगिन सक्दैनन्।
जनताको आवाज अब संसद्मा मात्र सीमित छैन, सडक नै संसद् बनेको छ। जनताको हातमा निर्णय गर्ने शक्ति छ, जसलाई रोक्ने कुनै शक्ति छैन।

इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ—जनताको लहरलाई कुनै शासक रोक्न सक्दैन।
जनताको धैर्य अब अन्तिम चरणमा पुगेको छ।
नेताहरू बंकर रोजे पनि, जनता परिवर्तनको बाटो रोजिसकेका छन्।

नेताहरूलाई सम्झनैपर्छ—देश उनीहरूको जागीर होइन, जनताको सम्पत्ति हो। कुर्सीमा बस्ने अवसर जनताले दिएका हुन्, खोस्ने अधिकार पनि जनताकै हातमा छ।
अब नेताहरूले लुक्ने होइन, जवाफ दिने समय आएको छ।
यदि जवाफ दिन सकेनन् भने, इतिहासले फेरि एकपटक जनताको हातबाट उनीहरूको अध्याय समाप्त गरिदिनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?