रारा राष्ट्रिय निकुञ्जमा पहिलो पटक ‘रारा सूचना केन्द्र’ स्थापना, सहायक रथी सिंहद्वारा उद्घाटन

समाचार सारांश
Auto Generated by AI
  • मुगुको रारा ताल नजिक पर्यटकलाई लक्षित गरी रारा सूचना केन्द्र स्थापना गरिएको छ।
  • नेपाली सेनाको पहलमा खुलेको यस केन्द्रले भौगोलिक जानकारी, मौसम र सुरक्षा सम्बन्धी सूचना दिनेछ।
  • यो केन्द्रले रारा क्षेत्रको पर्यटनलाई थप व्यवस्थित र सूचनामूलक बनाउन मद्दत गर्नेछ।

रतन बहादुर रावल मुगु-मुगु जिल्ला मा अवस्थित राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आवश्यक सूचना सहज, व्यवस्थित र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले ‘रारा सूचना केन्द्र’ (Rara Information Centre) को स्थापना गरिएको छ। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९ स्थित रारा तालको डुङ्गा स्टेशन नजिक स्थापना गरिएको उक्त सूचना केन्द्रको आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

Workplace

 

- Advertisement -Workplace

नेपाली सेनाको श्री नं. २४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले केन्द्रको विधिवत् उद्घाटन गर्नुभएको हो। रारा निकुञ्जको सुरक्षा र संरक्षणमा खटिएको नेपाली सेनाको श्री हनुमानध्वज गुल्मको विशेष पहल तथा जिल्लास्थित अन्य सरोकारवाला निकायहरूको सक्रिय सहयोगमा यो केन्द्र स्थापना गरिएको हो। नेपाली सेनाको तैनाथी अवधिमा रारामा यस प्रकारको सूचना केन्द्र स्थापना भई सञ्चालनमा आएको यो पहिलो पटक हो।

यस्ता छन् केन्द्रका विशेषता र उपलब्ध सामग्रीहरू:
भौगोलिक तथा वस्तुस्थिति जानकारी: मुगु जिल्लाको समग्र वस्तुस्थिति र रारा राष्ट्रिय निकुञ्ज सम्बन्धी विविध जानकारीमूलक सामग्रीहरू।
पर्यटक मार्ग (Trail Map): रारा क्षेत्र घुम्न चाहने पर्यटकहरूका लागि स्पष्ट गाइड र ट्रेल म्याप।
मौसम तथा जलवायु: रारा क्षेत्रको तत्कालीन मौसम र जलवायु सम्बन्धी अपडेट।

आपतकालीन सेवा: पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै आपतकालीन सम्पर्क नम्बरहरूको व्यवस्था।
डकुमेन्ट्री प्रदर्शन: रारा राष्ट्रिय निकुञ्जको सुरक्षा तथा संरक्षणमा नेपाली सेनाले निर्वाह गरेको भूमिका समेटिएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन गर्ने योजना।

उद्घाटन समारोहमा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, रारा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा रारा ताल डुङ्गा व्यवस्थापन समितिका प्रमुखहरू र स्थानीय बासिन्दाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

रारा राष्ट्रिय निकुञ्जको अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्यटनको प्रचुर सम्भावनालाई मध्यनजर गर्दै यो केन्द्र स्थापना गरिएको हो। यस केन्द्रको सञ्चालनले रारा भ्रमणमा आउने पर्यटकहरूलाई आवश्यक जानकारी सजिलै प्राप्त हुने मात्र नभई, समग्र रारा क्षेत्रको पर्यटनलाई सुरक्षित, व्यवस्थित र सूचनामूलक बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?