
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नक्कली भुक्तानी देखाउने एक व्यक्ति पक्राउ परेका छन्।
- रामेछापका भगवान कार्कीले च्याटजीपीटीको प्रयोग गरी नक्कली भौचर र क्यूआर कोड बनाएका थिए।
- उनले बाढी पीडितका लागि एक लाख बीस हजार रुपैयाँ सहयोग गरेको भनी सामाजिक सञ्जालमा भ्रम फैलाएका थिए।
काठमाडौ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।
उनले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भनी च्याटजिपिटीबाट नक्कली भौचर खडा गरेको पाइएको छ ।
