घट्यो सुन को मूल्य कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर चार हजार ३१५ रुपैयाँ कायम भएको छ।
  • अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ ओरालो लागेको हो।

काठमाडौ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ ।

Workplace

गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन रु दुई लाख ८४ हजार र चाँदी रु चार हजार ३१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?