
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम सफा रहेको छ। मध्य र पूर्वी तराईका केही स्थानमा बिहानैदेखि हुस्सु लागेको छ, जसले यातायात तथा जनजीवनमा आंशिक असर पुर्याउने सम्भावना छ।
आजको मौसम पूर्वानुमान
➡ दिउँसो:
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने।
अन्य स्थानमा मौसम सफा रहने।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने।
➡ राति:
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने।
अन्य स्थानमा मौसम सफा रहने।
आगामी २४ घण्टाको पूर्वानुमान
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना।
शनिबार बिहान तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा आंशिक प्रभाव पार्न सक्छ।
महाशाखाले सम्भावित मौसमजन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। अद्यावधिक जानकारीका लागि जल तथा मौसम पूर्वानुमान महाशाखाको आधिकारिक वेबसाइट हेर्न सकिन्छ।
