जीप दु`र्घटना हुँदा चालकसहित ८ जना घा`इते

काठमाडौ – बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जीप आज बिहान करिब ५ः३० बजे दुर्घटनामा परेको हो।

Workplace

 

 

दुर्घटनामा डिलासैनी गाउँपालिका–५ बैतडीका २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ३२ वर्षीय किरण बोहरा, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी दुई वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना र चालक लालबहादुर राना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार घाइतेमध्ये कुल्मा धामी, हेमन्त भट्ट र चालक लालबहादुर रानाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको जनाइएको छ।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी र स्थानीयवासीले उद्दार कार्यमा सक्रिय भूमिका खेलेका थिए। सबै घाइतेलाई पाटनको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको हो।

सवारीसाधन सडकबाट करिब १०० मिटर तल खसेर भिरमा अड्किएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?