
- प्रधानमन्त्री बालेन्द्र शाह परिवारसहित मुक्तिनाथ पुग्नुभएको थियो।
- उहाँले शनिबार मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नुभयो।
- पूजा सकेर उहाँ आज काठमाडौंका लागि प्रस्थान गर्नुभयो।
काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाह मुक्तिनाथको दर्शन तथा पूजाअर्चना सकेर काठमाडौंका लागि प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुग्नुभएको थियो । शनिबार अपराह्न उहाँले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजाअर्चना गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालकाअनुसार प्रधानमन्त्री शाह केहीबेरअघि जोमसोम-बेनी मार्ग हुँदै संघीय राजधानी काठमाडौंका लागि प्रस्थान गर्नुभएको हो ।
