
- पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
- लिची दिने प्रलोभन देखाई घरको कोठामा लगेर ती किशोरले बालिकालाई करणी गरेको आरोप छ।
- घटनाबारे भदौ ४ गते उजुरी परेपछि प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
पाल्पा।पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक १६ वर्षीय किशोर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते दिउँसो अन्दाजी ३:३० बजेको समयमा ती किशोरले बालिकालाई लिची खाने प्रलोभन देखाई घरमा बोलाई ललाई-फकाई गोठमाथिको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

घटनाबारे पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दर्ता गराएका थिए । जाहेरी परेलगत्तै प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका किशोरका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
