अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत कांग्रेसलाई एकताबद्ध बना‍औँः विश्वप्रकाश

समाचार सारांश
Auto Generated by AI
  • कांग्रेसको विवाद अदालतमा नभई पार्टी कार्यालयमा बसेर संवादमार्फत समाधान गर्नुपर्छ।
  • पार्टीभित्र देखिएको मतभेद हटाएर सबै नेतालाई एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ।
  • आगामी असोजमा हुने महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबैलाई ढोका खुला छ।

काठमाडौ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोबाट नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नुपर्ने बताएका छन्।

Workplace

शनिबार कांग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्नको लागि आह्वान गरेका हुन्।

कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उनले संस्थापन इतरका नेताहरूलाई संवादमार्फत पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे। मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिएको भए पनि त्यसले मात्रै समाधान नदिने उनको भनाइ छ।

उनले असोजमा महाधिवेशन हुने भएकोले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताए। विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर नरहने उनको भनाइ छ।

उनले भने, ‘अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानुछ। यो विशेष महाधिवेशनपछि पाँच वर्षलाई आएको नेतृत्व होइन, असोजको महिनामा महाधिवेशन हुँदै छ। कसले आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ। हामी त्यही कुराको लागि अपील पनि गर्न चाहन्छौँ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?