आज मिति २०८३ साउन ३० गते सनिवार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, कर्कट, वृश्चिक, धनु र मीन राशिका लागि आजको दिन आर्थिक र कार्यक्षेत्रमा निकै शुभ छ।
  • वृष, मिथुन, सिंह, तुला र कुम्भ राशिका व्यक्तिहरूले सम्बन्ध र आर्थिक मामिलामा विशेष सावधानी अपनाउनुपर्छ।
  • कन्या र मकर राशिका लागि आत्मविश्वास बढ्ने तथा भाग्यले साथ दिने मिश्रित खालको सकारात्मक दिन रहनेछ।

मेष : आज प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना प्रबल छ । पुराना शत्रुहरूको प्रभाव घट्नेछ । स्वास्थ्यमा सुधार देखिनेछ । ऋणमोचन या कानुनी विषयहरूमा प्रगति हुनेछ । सेवामूलक वा प्रशासनिक क्षेत्रमा कार्यरत व्यक्तिले सम्मान प्राप्त गर्न सक्छन् ।

Workplace

वृष : प्रेम सम्बन्ध र सन्तानसुखमा केही उतारचढाव देखिन सक्छ । सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि समय उत्साहजनक हुनेछ । अध्ययन वा परीक्षासम्बन्धी प्रयासमा धैर्य आवश्यक छ । भावनाको बहावमा बहनु उचित नहोला ।

मिथुन : मातृ पक्ष वा पारिवारिक विषयमा केही मनमुटावको सम्भावना रहन्छ । घर-गृहस्थीसम्बन्धी निर्णयमा धैर्य आवश्यक छ । मनमा अनावश्यक उद्वेग वा अशान्ति देखिन सक्छ । वाहन वा स्थायी सम्पत्तिमा लगानी गर्दा सावधानी अपनाउनुहोला ।

कर्कट : हिम्मत, आत्मविश्वास र निर्णायक क्षमता बलियो बन्नेछ । दाजुभाइ वा सहकर्मीबाट सहयोग प्राप्त हुनेछ । सञ्चार वा सानातिना यात्राबाट लाभ सम्भव छ । लेखन, प्रस्तुति वा व्यापार प्रवर्द्धनमा सफलता मिल्नेछ ।

सिंह : वाणीमा संयमता राख्न आवश्यक छ, अन्यथा पारिवारिक वा सामाजिक सम्बन्धमा असहजता आइलाग्न सक्छ । आर्थिक पक्ष स्थिर रहनेछ, तर अनावश्यक खर्च बढ्न सक्छ । स्वादमा रुचि बढे पनि स्वास्थ्य सन्तुलनमा ध्यान दिनुहोला ।

कन्या : शरीरमा स्फूर्ति, आत्मबल र आत्मविश्वासमा वृद्धिको संकेत छ । चन्द्रमा स्वगोचरजस्तै प्रभाव दिने भएकाले कार्यसफलता र आत्माभिव्यक्तिको अवसर बढ्नेछ । व्यक्तित्व प्रभावशाली बन्नेछ । तर, अहंकार वा अति भावुकता टार्नु हितकर हुनेछ ।

तुला : मनमा केही अशान्ति र अनावश्यक खर्चले दिन प्रभावित हुन सक्छ । विदेशसम्बन्धी योजना बनाउने समय हो तर निर्णयमा ढिलाइ गर्नु हितकर हुनेछ । मानसिक शान्तिका लागि एकान्त वा ध्यान लाभदायक बन्न सक्छ ।

वृश्चिक : इच्छाहरू पुरा हुने संकेत मिल्दछ । मित्रतामा बल, सामाजिक सञ्जालबाट अवसर, र आय वृद्धिको प्रबल सम्भावना छ । प्रेम, सल्लाह वा साझेदारीबाट लाभ मिल्नेछ ।

धनु : पेशागत क्षेत्रमा सफलता, मान-सम्मान र अग्रसरता दिलाउनेछ । नेतृत्वदायी भूमिकामा पहुँच बढ्न सक्छ । वरिष्ठको सहयोग प्राप्त हुनेछ । कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि परिणाम उत्साहजनक हुनेछन् ।

मकर : धार्मिक भावना, अध्यात्म र भाग्यमा आस्था बढ्नेछ । यात्रा वा गुरुजनसँगको संवाद लाभदायक बन्न सक्छ । पिताको सहयोग वा मार्गदर्शन प्राप्त हुनेछ । भाग्यले आंशिक साथ दिने समय हो, आत्मबल आवश्यक रहनेछ ।

कुम्भ : अचानक परिवर्तन, गोप्य चिन्ता वा शारीरिक असजिलोले दिन केही चुनौतीपूर्ण देखिन्छ । जोखिमपूर्ण कामबाट टाढा रहनु उपयुक्त हुन्छ । गहिरो ध्यान वा आत्मविश्लेषणबाट सही दिशा प्राप्त हुन सक्छ ।

मीन : वैवाहिक वा व्यावसायिक साझेदारीमा सुदृढता आउनेछ । प्रेममा विश्वास र समर्पण देखिनेछ । सहकार्यबाट सफलताको सम्भावना छ । वार्तालापमा स्पष्टता राख्दा सम्बन्ध अझ बलियो बन्नेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?