तीर्थयात्री सवार बस दु`र्घ`टना: तिन जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • भारतबाट फर्किने क्रममा बस ट्रकसँग ठोक्किँदा एक बालक सहित तीन जनाले ज्यान गुमाएका हुन्।
  • बसमा सवार ४५ मध्ये १० जना गम्भीर घाइते भएकाले उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दु`र्घ`टना हुँदा कम्तीमा तीन जनाको मृ`त्यु भएको छ।

Workplace

रौतहटबाट प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा-आजा गरी फर्किंदै गरेको तीर्थयात्री सवार बस झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार दु`र्घ`टनामा परी ज्यान गुमाउने तीन जनामध्ये एक जना १० वर्षीय शिवम कुमार नाम गरेका बालक रहेका छन्।

मृतक अन्य दुई जनाको भने पहिचान नभएका कारण अहिलेसम्म सनाखत हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ।

बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेका थिए । जसमध्ये १० जनाकाे अवस्था निकै गम्भीर रहेको जनाइएको छ। स्थानीय प्रशासन र प्रहरीको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गराएका छन्, भने घटनाबारे थप विवरण आउन बाँकी छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?