सुरक्षित यात्रा नेपाल द्वारा ८३ चालकलाइ सम्मान

खिम खड्का
सुरक्षित यात्रा नेपालको आयोजना र जिल्ला ट्राफिक कार्यालय बाँकेको सहकार्यमा बाँकेको कोहलपुरमा ८३ जना असल चालकहरुलाइ सम्मान गरिएको छ ।

Workplace

चालक सम्मान कार्यक्रममा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख डिआइजी दान बहादुर कार्की, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्की, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक श्याम बहादुर खत्री, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पुष्कर राज पन्त, पत्रकार , बिमा कम्पनीहरु, विधालय लगायतका संघ संस्था र कार्यालयहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -Workplace

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख दान बहादुर कार्कीले दुर्घटना न्युनिकरणमा यातायात व्यवशायी, चालक, नागरिक एवं सरोकारवाला निकायहरुको महत्वपुर्ण भुमिका रहने भएता पनि यात्रुहरुको सुरक्षित यात्राको लागी चालकहरुको मुख्य र महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

आयोजक संस्था सुरक्षित यात्रा नेपालले सवारी दुर्घटना न्युनिकरण एवं रोकथामको लागी विभिन्न संघ संस्था एवं कार्यालयहरुको सहयोग र समन्वयमा काम गर्दै आइरहेको र यसले सडक दुर्घटना न्युनिकरणमा भुमिका खेलेको सुरक्षित यात्रा नेपालको अध्यक्ष कृष्ण प्रशाद बेल्वासेले बताउनुभयो ।

फाल्गुण २३ गते सम्पन्न गरिएको ट्राफिक सचेतना सम्बन्धी वकृत्वकला कार्यक्रममा क्रमश प्रथम , द्वितिय, तृतिय र सान्तना स्थान प्राप्त गरेका विधार्थीहरुलाई नगद तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेशभर २०८०/०८१ को प्रहरी तथ्याङ्क अनुसार सवारी दुर्घटना संख्या ११२०, जसमा मृत्यु ४९५ र घाइते १६९४ जना रहेका छन । रुपन्देहीमा १०७, दाङ ९९, कपिलवस्तु ७५, बाँके ६६ रहेको र यो तथ्याङ्क अनुसार प्रदेशभर बाँके चौथो स्थानमा रहेको छ ।

त्यसैगरी चालु आ.व.को श्रावण देखि माघ मसान्त सम्म सवारी दुर्घटना संख्या १२६३, मृत्यु ३०३ र घाइते १९९८ जना रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै फाल्गुण महिनाको १ गते देखि २३ गते सम्म प्रदेशभर २९ जनाको मृत्यु भएको छ ।

बाँके जिल्लामा मात्र श्रावण देखि माघ मसान्त सम्ममा सवारी दुर्घटना १९३, मृत्यु ४७, घाइते ३१० जना रहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?