
- स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्।
- वीरगञ्जबाट पक्राउ परेकाहरूमा भारतीय र नेपाली नागरिकहरू रहेका छन्।
- प्रहरीले बरामद रकमसहित उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।
काठमाडौ – स्रोत नखुलेको रु ५२ लाख ५० हजारसहित चार व्यक्ति पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।
खानतलासी गर्दा निजहरूको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
