डलर स्थिर, युरो र पाउन्ड महँगिए: राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्‍यो

 

Workplace

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ, र सिङ्गापुर डलरको मूल्य बढेको छ। यद्यपि, स्विस फ्र्याङ्क, क्यानेडियन डलर, र स्विडिस क्रोनरको मूल्यमा गिरावट आएको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा कायम गरिएको छ। युरोको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १७१ रुपैयाँ ८० पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा तोकिएको छ।

स्विस फ्र्याङ्कको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

जापानी येन र चिनियाँ युआन
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ। त्यस्तै, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा कायम भएको छ।

खाडी देशका मुद्राहरू
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा रहेको छ।

अन्य मुद्राहरू
थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा छ भने साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैङ्कले विनिमयदरलाई आवश्यक परे जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?