आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५४ रूपैयाँ २१ पैसा

समाचार सारांश
Auto Generated by AI
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।
  • तोकिएको विनिमय दरमा आवश्यकता अनुसार हेरफेर हुन सक्ने बैंकले जनाएको छ।

काठमाडौ – नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रूपैयाँ २१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

Workplace

युरोपियन युरो एकको खरिददर १७५ रूपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रूपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रूपैयाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रूपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रूपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रूपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रूपैयाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४२ पैसा र बिक्रीदर नौ रूपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ७७ पैसा र बिक्रीदर २२ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रूपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रूपैयाँ ३० पैसा र बिक्रीदर ४२ रूपैयाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५८ पैसा र बिक्रीदर चार रूपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रूपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ५४ पैसा र बिक्रीदर १० रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ८६ पैसा र बिक्रीदर १५ रूपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ४९ पैसा र बिक्रीदर २३ रूपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ ६७ पैसा र बिक्रीदर १९ रूपैयाँ ७४ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रूपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रूपैयाँ ९९ पैसा बिक्रीदर ४१० रूपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रूपैयाँ ५३ पैसा र बिक्रीदर ४०२ रूपैयाँ ०९ पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?