
- नेपालका लागि फ्रान्सेली राजदूत सुश्री भर्जिनी कोर्टेभालले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्नुभयो।
- भेटमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भयो।
- राष्ट्रपति पौडेलले राजदूतको सफल कार्यकालका लागि बधाई दिँदै भविष्यको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
काठमाडौ – नेपालका लागि फ्रान्सकी राजदूत एच.ई. सुश्री भर्जिनी कोर्टेभालले आफ्नो कार्यकाल पूरा गर्ने क्रममा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार बिदाइ भेट गर्नुभएकाे छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भेटका क्रममा नेपाल–फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा छलफल भएको थियो।
उक्त अवसरमा राष्ट्रपति पौडेलले राजदूत कोर्टेभाललाई नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै भविष्यको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
