
- मुगुको मालिका आधारभूत विद्यालयमा निमा दिवा फाउण्डेसनको सहयोगमा पुस्तकालय स्थापना गरिएको छ।
- विशेषज्ञ चिकित्सकहरूद्वारा शिविर सञ्चालन गरी स्थानीय र विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
- स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना जगाउँदै विकट क्षेत्रमा शिक्षा र स्वास्थ्यको पहुँच विस्तार गरिएको छ।
रतन रावल मुगु, २८ असार शिक्षा, स्वास्थ्य र सेवामा समर्पण, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य भन्ने मुख्य नाराका साथ हिमालि जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं१३ रुगा गाउँ म रहेको श्री मालिका आधारभूत विद्यालयमा पुस्तकालय उद्घाटन तथा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । निमा दिवा फाउण्डेसन काठमाडौँको सौजन्य तथा श्री मालिका आधारभूत विद्यालयको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रमको समारोहमा प्रमुख अतिथि मुगुका प्रदेश सांसद जित बहादुर मल्ल छायाँनाथ रारा नगरपालिका का शिक्षा शाखाका प्रमुख र विभिन्न प्रतिनिधिहरूको प्रतिनिधित्व रहेको थियो।असाढ २६ गते विहान १० देखि ३ बजे सम्म सञ्चालन भएको उक्त शिविरमा श्री मालिका आधारभूत विद्यालयका १६० जना भन्दा बढी विद्यार्थी र त्यस गाउँका स्थानीय बासी अभिभावक तथा शिक्षकहरू ले उत्साहजनक रूपमा सेवा लिएका छन् ।
पुस्तकालय स्थापना र शैक्षिक प्रवर्द्धन ग्रामीण क्षेत्रका बालबालिकाहरूमा पठनपाठनको बानी बढाउन र गुणस्तरीय शिक्षा सुनिश्चित सँगै विद्यार्थीहरूलाई खेलकुदका सामग्रीहरू सँगै विद्यालयमा पुस्तकालयको स्थापना गरिएको छ ।फाउण्डेसन र जर्मनीका ‘Patenschulen’ र ‘Rotznäschen e.V.’ संस्थाको सहयोगमा पुस्तकहरू उपलब्ध गराई पुस्तकालय को उद्घाटन गरिएको संस्थापक कि अध्यक्ष समेत रहनुभएकी निमा ले बताउनुभएको छ ।यसले स्थानीय बालबालिकाको ज्ञान र सीप विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।शिविरमा उपलब्ध गराइएका सेवाहरू शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म दैनिक रूपमा निम्न सेवाहरू निःशुल्क प्रदान गरिएको थियो: जानकारी गराउनु भयो।

बाल रोग सेवा बालबालिकाको स्वास्थ्य जाँच, वृद्धि विकास मूल्याङ्कन तथा पोषण परामर्श ।
कान, नाक, घाँटी ENT सेवा सुनाई जाँच, टन्सिल, साइनस तथा घाँटी दुखाइको परामर्श र रेफरल ।
दन्त सेवा दाँत तथा मुखको जाँच सफा गर्ने कार्य र मुख स्वास्थ्य सम्बन्धी जनचेतना
मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा तनाव, चिन्ता डिप्रेसनको जाँच तथा परामर्श ।
सामान्य शल्य जनरल सेवा हर्निया फोका, गाँठागुठी र घाउको व्यवस्थापन तथा परामर्श गरिएको छ।स्वास्थ्य र स्वच्छता जनचेतना
शिविरको अवसरमा बिरामी जाँचका साथै संक्रमण रोकथामका लागि विशेष जनचेतना कार्यक्रम समेत गरिएको थियो । जसमा नियमित साबुन-पानीले हात धुने, सफा पानी पिउने, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने र व्यक्तिगत स्वच्छतामा ध्यान दिने जस्ता बानीहरू सिकाउँदै स्वास्थ्य सचेतना फैलाइएको थियो । त्यस्तै गरेर मुगुका प्रदेश सांसद जितबहादुर मल्लले भन्नुभयो यस फाउन्डेसनले यहाँका गरिबी दुःखी जनताका लागि साँच्चिकै अमूल्य र सबैको आशा भरोसाको केन्द्र बनेकोमा हार्दिक ज्ञापन समेत धन्यवाद दिनुभएको छ।सबैका लागि स्वास्थ्य सेवा, सबैका लागि राम्रो भविष्य’ भन्ने सङ्कल्पका साथ आयोजित यस शिविरले विकट क्षेत्रका नागरिकहरूलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरूले बताएका छन् ।
