icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

मातृभूमि लघुवित्त जुम्ला शाखामा बचत अपचलन, आन्तरिक लेखापरीक्षणपछि पनि कारबाही शून्य

राजन बिक्रम शाही 

Workplace

जुम्ला, तातोपानी — मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय तातोपानी, जुम्लामा बचत अपचलन र अनियमितता भएको खुलेको छ। स्थानीय सदस्यहरूले निष्क्रिय भई समूह परित्याग गरेपछि खातामा रहेको रकम अनधिकृत रूपमा फिर्ता लिएको, न्यून मात्राको रकम मात्र बुझाइएको, र खाता विवरण समेत नदिएको गुनासो उठेका छन्।

पीडित सदस्यहरूका अनुसार, शाखा प्रमुखले बचत रकम फिर्ता गर्दा वास्तविक खाता विवरण नदिई स्वयंले मनपरी निकासी गरेका छन्। कतिपय महिला सदस्यहरूलाई “बचत ऋणसँग मिलान भइसकेको छ, लिनु–दिनु केही छैन” भन्दै कार्यालयमा नपठाई खातामा रहेको बाँकी रकम समेत हिनामिना गरिएको आरोप छ।

अझ गम्भीर आरोप अनुसार, पेन्सन बचत योजनाको नाममा १५ वर्षसम्म बचत गर्न भनिएको रकम सदस्यहरूले १५ वर्ष नपुग्दै झिक्दा केवल मूलधन (Principal) मात्र दिइएको छ भने त्यसमा लागेको ब्याज शाखा प्रमुखले अपचलन गरेको खुलेको छ। पीडितहरूका अनुसार केही सदस्यहरूले २–३ वर्षअघि नै समूह छाडिसकेका थिए तर ती सदस्यहरूको खातामा रहेको रकम केही महिना अघि मात्रै शाखा प्रमुखले किर्ते हस्ताक्षर गरी निकासी गरेका छन्।

यस्ता अनियमितता भएको विषयमा शाखाका तत्कालीन कर्मचारी राजन विक्रम शाही प्रत्यक्षदर्शी रहेको बताएका छन्। उनले केन्द्रीय कार्यालयमा यो विषय जानकारी गराइसकेको र आन्तरिक लेखापरीक्षण समेत भइसकेको बताएका छन्। लेखापरीक्षणका क्रममा शाखा प्रमुख स्वयंले गल्ती स्वीकार गरेका थिए। तर केन्द्रीय कार्यालयले अहिलेसम्म कुनै पनि कारबाही प्रक्रिया अघि नबढाएको उनी बताउँछन्।

राजन शाही भन्छन्, “शाखा प्रमुखले गल्ती स्वीकार गरे पनि अहिलेसम्म न सदस्यहरूले आफ्नो रकम फिर्ता पाएका छन्, न त कारबाहीको प्रक्रिया नै अगाडि बढेको छ। यस्तो प्रवृत्तिले सम्पूर्ण संस्थाको छवि नै बिग्रिन गएको छ। संस्थाले समयमै कारबाही प्रक्रिया नथालेको बताएका छ्न र आफू लाई सरुवा समेत गराएको उनले आरोप लगाएका छ्न ।

अन्य कतिपय निष्क्रिय सदस्यहरूले आफ्नो खाताको स्टेटमेन्ट नै पाएका छैनन्। उनीहरूले खातामा कति रकम बाँकी छ भन्ने जानकारी नपाएकै कारण अपचलन भएको आशंका गरिएको छ। खाता क्लोज नगरी केही रकम बाँकी राखिएको र त्यसलाई शाखा प्रमुखले मनपरी निकासी गरेको तथ्यहरू पनि पाइएको  बताएका छ्न ।

उक्त संस्थाका पीडित  सदस्यहरूले दोषीमाथि तत्काल छानबिन गर्दै कारबाही गर्न माग गरेका छन्। यद्यपि, संस्थाको केन्द्रीय कार्यालयले यो विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन र कारबाही पनि नगरेको पीडितहरुको गुनासो रहेको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?