देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना

काठमाडौ – आज पनि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Workplace

महाशाखाका अनुसार भरे रातिदेखि मौसम खुल्ने सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट शुरु भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको छ । राति पूर्वका बिभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । हिजो देशका सबैजसो ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । दाङ, बुटवल, चितवन लगायतका ठाउँमा भने ठूलो हुरीबताससमेत चलेको थियो ।

महाशाखाका अनुसार आज पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका  धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । आज रातिदेखि भने बिस्तारै मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?