उदयपुरलाई इन्डोनेसिया बाली जस्तै पर्यटनका लागि बिकास गर्न सकिन्छ :बालेन शाहा

काठमाडौ – चुनाव प्रचारका क्रममा जहाँ पुग्यो, त्यहीँका स्थानीय र जनतासँग जोडिएका मुद्दा उठाउने रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन ले आज सुनसरीको इटहरीमा आयोजित परिवर्तन उद्घोष सभामा पनि कोशी प्रदेशका जनताले भोग्नु परेका समस्या उठाए र समाधानको प्रतिबद्धता व्यक्त गरेका छन।

Workplace

 

इटहरीमा भएको सभामा बालेनले पूर्वी पहाडमा उत्पादित तरकारीले बजार नपाएको, तराईमा उत्पादित खाद्यान्नले खान नपुगेको, बाढीका कारण भोग्नुपरेको समस्या, उद्योग सन्चालनमा देखिएका व्यवधान, खानेपानी र खेलकुदका पूर्वाधारमा देखिएका समस्या बताएका हुन ।

बालेनले समस्यामात्रै बताएनन्, समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

बिहान तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ? हाम्रै पूर्वी पहाडी जिल्लामा उत्पादन भएको तरकारी खान पाइएको छैन, यो समस्या समाधान गर्न चाहन्छ रास्वपा’ बालेनले सुरुमै भने।

त्यसपछि उनले बाढीको समस्या उठाए, खेलकुद पूर्वाधारको खाँचो औंल्याए अनि तीर्थस्थल र पर्यटनको कुरा उठाए ।

उनले भने– विश्वको पहिलो तीर्थस्थल बराह क्षेत्र हो भनेर संसारलाई चिनाउनु पर्छ, यो काम रास्वपाले गर्छ।’

मुलुककै पहिलो उद्योग रहेको कोशी प्रदेशमा पछिल्लो समय उद्योग सञ्चालनमा देखिएका समस्या समाधानको विषय पनि बालेनले उठाए ।

उद्योगीहरुलाई चन्दा आतंक नहुने गरी समस्या समाधान गर्न चाहन्छ रास्वपा उनको भनाइ थियो ।
बालेनले भने समस्या छन्, समाधान पनि छन्, समस्या र समाधान भेटाउने काम गर्न चाहन्छ रास्वपा भनेका छन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?