हजारौँ दर्शकको उपस्थितिमा मगर दिवस भव्य रूपमा सम्पन्न, श्याम राना मगर र रुपी सिंजाली मगर को प्रस्तुति आकर्षणको केन्द्र बन्यो  

अर्जुन थापा नयाँ दिल्ली – प्रवासमा रहेका मगर समुदाय तथा नेपालीहरूलाई एकताबद्ध गर्दै भाषा, संस्कृति र पहिचान जोगाउने उद्देश्यले आयोजित ४४औँ मगर दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कानुङ लांघाली मगर समाज (रजि.) को आयोजनामा सम्पन्न कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक सहभागिताले हल नै खचाखच भरिएको थियो भने बाहिरसमेत दर्शकको भीड देखिन्थ्यो।

Workplace

प्यारे लाल भवन, आई.टी.ओ.मा आयोजित कार्यक्रम दिउँसोदेखि साँझसम्म चलेको थियो। मगर समुदायको गौरवशाली इतिहास, वीरता, बलिदान र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको सन्देश दिएको आयोजकले बताएका छन्।

कार्यक्रममा भारतका लागि नेपाली दूतावास बाट सांस्कृति काउन्सलर गोकुल बस्नेत  प्रमुख अतिथिका रूपमा सहभागी थिए भने विष्णुप्रसाद बराल  अतिथिती दिल्ली प्रहरी मुख्यालयका विशेष आयुक्त रोबिन हिबु, विभिन्न संस्थाका जनप्रतिनिधि, सामाजिक अगुवा तथा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले मगर समुदायको योगदान, सांस्कृतिक संरक्षण र नेपाल भारतबीचको जनस्तरको सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए ।

सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमको मुख्य आकर्षण बने। चर्चित गायक श्याम राना मगर र गायिका रुपी सिंजाली मगरको प्रस्तुति हुँदा दर्शकहरू गीतमा झुमेका थिए। परम्परागत मगर भेषभूषा, लोकधुन र ‘झोर्ले है झोर्ले’ नाराले कार्यक्रमस्थल उत्साहमय बनेको देखन सकिन्थ्यो ।

यसैगरी मोडल प्रकाश शर्मा र कुसुम रानाको अभिनय, बाल नृत्यकार सृष्टि अधिकारी, निर्मला पुन तथा स्थानीय कलाकारहरूको सामूहिक प्रस्तुति पनि दर्शकले रुचाएका थिए। निरन्तर सांस्कृतिक कार्यक्रम र नृत्य–गीतका कारण हलभित्र मात्र नभई बाहिरसमेत दर्शकहरू पन्जेबाजासहित रमाइलो गरिरहेको दृश्य देखिन्थ्यो।

आयोजक संस्थाका अध्यक्ष फर्स बहादुर थापाले अपेक्षाभन्दा धेरै दर्शक सहभागी भएकाले आगामी दिनमा अझ ठूलो स्थल खोज्नुपर्ने अवस्था आएको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दर्शक, कलाकार, स्वयंसेवक तथा सहयोगीप्रति धन्यवाद समेत व्यक्त गरेका छ्न ।

समापनमा मगर समुदाय मात्र नभई सम्पूर्ण नेपालीबीच भाइचारा, सहअस्तित्व र राष्ट्रिय एकताको भावना बलियो बनाउने सन्देश दिँदै कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको थियो। आयोजकका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा नेपाली पहिचान जोगाउनुका साथै नेपाल,  भारत सम्बन्धलाई जनस्तरबाट थप मजबुत बनाउने विश्वास लिइएको बताइएको छ ।

तस्बिर हरु कृष्ण डिजिटल

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?